उत्तर कोरियाली नेता किमद्वारा युद्धको तयारीलाई तीव्रता दिन आग्रह
सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीलाई आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिन आग्रह गरेका छन् । आणविक हतियार प्रयोग गरेर ‘उक्साएमा’ प्योङयाङले आणविक हमला गर्न नहिचकिचाउने किमले चेतावनी दिएको एक सातापछि यो भनाइ आएको हो ।
उत्तर कोरियाको वर्षको अन्त्यमा जारी पार्टीको बैठकमा किमले सन् २०२४ का लागि महत्वपूर्ण नीतिगत निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । प्योङयाङको सरकारी समाचार संस्था कोरियाली केन्द्रीय समाचार निकाय (केसीएनए)का अनुसार किमले पार्टीलाई सैन्य तथा आणविक हतियारलगायत सबै क्षेत्रमा युद्धको तयारीलाई थप तीव्रता दिन आग्रह गरेका हुन् । उनले वासिङटनसँगको ‘अभूतपूर्व’ उत्तरविरोधी मुठभेडका कारण कोरियाली प्रायद्वीपमा ‘सैन्य स्थिति’ ‘चरम’ भएको पनि बताए ।
सियोल, टोकियो र वासिङ्टनले यस वर्ष प्योङयाङले गरेको हतियार परीक्षणको रेकर्ड तोड्ने शृंखलाको सामना गर्दै रक्षा सहयोग बढाएका छन् र हालै उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको वास्तविक समयको सार्वजनिक गर्ने प्रणाली सक्रिय गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया