चीनले मौद्रिक नीति कार्यान्वयनलाई सुदृढ बनाउने
बेइजिङ । चीनले स्थायित्व कायम राख्दै विकास प्रवर्द्धन गर्ने प्रयासमा विद्यमान मौद्रिक नीतिको कार्यान्वयनलाई तीव्रता दिने भएको छ । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले आफ्नो मौद्रिक नीति समितिको पछिल्लो त्रैमासिक बैठकपछि बिहीबार विज्ञप्ति जारी गरी मौद्रिक नीति कार्यान्वयनमा जोड दिएको हो ।
पीबीओसीका अनुसार चीनको अर्थतन्त्र पुनरुत्थान भइरहेको छ र उच्च गुणस्तरको विकासमा ठोस प्रगति भइरहेको छ । यद्यपि बैठकले देशले अझै पनि अपर्याप्त आन्तरिक माग र कमजोर उपभोक्ता दृष्टिकोणजस्ता चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरेको छ ।
केन्द्रीय बैंकले पर्याप्त तरलता कायम गर्ने, उचित कर्जा वृद्धि र सन्तुलित ऋण आपूर्तिलाई मार्गदर्शन गर्ने र आर्थिक वृद्धि तथा मूल्यस्तरको अपेक्षित लक्ष्यअनुरूप सामाजिक वित्तपोषण र मुद्रा आपूर्तिको स्तर कायम गर्ने प्रतिबद्धता जनाएको छ ।
केन्द्रीय बैंकले बजार उन्मुख ब्याजदर निर्माण र प्रसारण संयन्त्र सुधार गर्न प्रयास गरिने उल्लेख गरेको छ । बैठकमा उपस्थित अधिकारीहरूले वित्त क्षेत्रमा आपूर्ति पक्ष संरचनात्मक सुधारलाई थप सुदृढ गर्न र वास्तविक अर्थतन्त्रलाई अझ राम्रोसँग टेवा दिन संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया