उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने
प्योङ्याङ । उत्तर कोरियाले तीन वटा नयाँ जासुसी उपग्रह प्रक्षेपण गर्ने भएको छ । यस्तै सैन्य ड्रोन निर्माण गर्ने र सन् २०२४मा आफ्नो आणविक हतियारको भण्डार बढाउने भएको छ । सर्वोच्च नेता किम जोङ उनले अमेरिकी नीतिले युद्धलाई अपरिहार्य बनाएकोले युद्धको तयारी तिव्र पार्नुपर्ने बताएको राज्य नियन्त्रित मिडियाले जनाएको छ ।
नेता किम आगामी वर्षको लागि आर्थिक, सैन्य र विदेश नीतिका लक्ष्यहरु तय गर्ने सत्तारुढ दलको पाँच दिने बैठकमा अमेरिकमामाथि खनिएका थिए । किमले कोरियाली प्रायद्वीपमा कुनैपनि बेला आक्रमण हुन सक्ने भएकाले लापरावी गर्न नहुने निष्कर्ष सुनाएका थिए ।
उनले सेनालाई कुनैपनि आक्रमणको जवाफमा आवश्यक परे आणविक बम सहित ‘दक्षिण कोरियाको सम्पूर्ण क्षेत्रलाई शान्त पार्न’ तयारी गर्न पनि आदेश दिएका छन् । दक्षिण कोरिया र अमेरिकामा चुनाव आउनुभन्दा एक वर्ष अघि किमको यस्तो निर्देशन आएको हो ।
विज्ञहरुले नोभेम्बरमा अमेरिकी राष्ट्रपति चुनावको वरिपरि लाभ उठाउन उत्तर कोरियाले सैन्य दबाब दिने अभियान सुरु गरेको अनुमान गरेका छन् । किनभने उत्तर कोरियाले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमन देख्न चाहेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया