चीनको उत्पादन पीएमआई घट्यो
बेइजिङ । चीनको उत्पादन क्षेत्रको खरिद प्रबन्धक सूचकांक (पीएमआई) नोभेम्बर महिनाको तुलनामा डिसेम्बरमा घटेको छ । नोभेम्बरमा ४९ दशमलव चार रहेको पीएमआई सूचक डिसेम्बरमा ४९ विन्दुमा झरेको छ । चीनको कारखाना गतिविधिमा संकुचन आएकाले पीएमआई सूचकमा गिरावट आएको चीनको राष्ट्रिय तथ्यांक ब्यूरोले जनाएको छ ।
उत्पादन पीएमआई ठूला कारखाना सञ्चालकहरू बीचको व्यापारिक भावनाको सूचक हो, जसमा ५० विन्दु चिन्ह विस्तार र संकुचनबीचको रेखा हो । विभागका वरिष्ठ तथ्यांकविद् झाओ छिङ्हेका अनुसार डिसेम्बरमा भएको गिरावट केही कच्चा वस्तु उत्पादन गर्ने उद्योगहरूको उत्पादन घटेकाले आएको हो ।
उत्पादन उप–सूचकांक भने ५० दशमलव दुईमा आएको छ । जुन अघिल्लो महिनाको तुलनामा शून्य दशमलव पाँच बिन्दुले घटेको छ, तर अझै पनि ५० अंकको थ्रेसहोल्ड भन्दा माथि छ, जसले उत्पादन तथा उत्पादन गतिविधिहरू अझै कमजोर नरहेको संकेत गर्छ । चीनको गैर–उत्पादन क्षेत्रको पीएमआई भने ५० दशमलव चार विन्दुमा छ । यसले आफ्नो विस्तार कायम राखेको देखिन्छ ।
डिसेम्बर महिनामा हुलाक, दूरसञ्चार र वित्तीय सेवा जस्ता क्षेत्रहरूमा व्यावसायिक गतिविधिहरू क्रमशः विस्तार भएको छ, तिनीहरूको सम्बन्धित उप–सूचकांकहरू ५५ नाघेको तथ्यांक ब्यूरोको तथ्यांकले देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया