अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चर्चहरु पुनः खोल्न निर्देशन
वासिङटन डीसी, जेठ ११
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिनुभएको छ । यससम्बन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उनले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिएका हुन् । चर्चहरुलाई उनले अत्यावश्यक कार्यालयअन्तर्गत मानिने उल्लेख पनि गरेका छन् । यो आदेश देशभरीका सवै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन पनि उनले सूचित गरेका छन् । ‘सरकारले अत्यावश्यक परेका कामहरुलाई रोकतोक गरेको छैन, ठिक समयमा ठिक ठाउँमा ठिक काम गर्न सरकारले स्विकृति दिन्छ, पुजापाठ सम्वन्धी काम पनि अत्यावश्यक काम अन्तर्गत पर्दछन्, त्यसैले चर्चहरु खोल्न दिनुपर्दछ’, पत्रकार सम्मेलनमा ट्रम्पले भने ।
राष्ट्रपति ट्रम्पले जबर्जस्ती मुलुकलाई खुल्ला गर्न खोजेको टिप्पणी धेरैले गरेका छन् । उनले लकडाउन लगाउनका लागि अमेरिका बनेको हैन भन्दै लकडाउन लगाउन अस्वीकार गर्दै आएका छन् । तैपनि आफैँ बन्द भएका वा स्थानीय प्रशासनले बन्द गराएका व्यापार, व्यवसाय, कार्यालय आदी विस्तारै खोल्ने तर्फ उहाँले प्रेरित गर्दै आएका छन् । कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि झण्डै दुई महिनादेखि सुस्ताएको आर्थिक गतिविधिहरुलाई पुनः सुचारु गर्नुपर्नेमा ट्रम्पको जोड रहेको छ लामो समयसम्म बन्द गर्दा सवै तिरको आर्थिक पक्षमा समेत नराम्रोसँग असर पर्ने भएकाले बन्द गरेर मात्रै बस्न नहुने उनको भनाइ छ ।
राष्ट्रपति ट्रम्पको निर्देशनपछि उनको निर्देशनलाई पछ्याउदै देशको रोग नियन्त्रण तथा न्यूनीकरण केन्द्रले नयाँ निर्दे्शिका पनि जारी गरेको छ । निर्देशिकामा न्यून संख्यामा उपस्थित हुनु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने, मास्क, सेनिटाइजर, पञ्जा आदिको प्रयोग गर्नुपर्नेलगायतका सर्तहरु पनि उल्लेख गरिएको छ । स्वास्थ्य अधिकारीहरुले सामन्यतया सार्वजनिक स्थलहरुमा दश जनाभन्दा बढी मानिसको भिडभाग हुन नदिन पनि सुझाव दिएका छन् । (रासस/एपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया