टर्कीमा मूल्यवृद्धि दर ६५ प्रतिशत
इस्तानबुल । टर्कीमा महँगी उच्च दरमा बढेको छ । हालै सार्वजनिक भएको तथ्यांकअनुसार डिसेम्बरमा मुद्रास्फीति (मूल्यवृद्धि)दर ६५ प्रतिशत छ । जुन सन् २०२३ कै उच्च हो । मुद्रास्फीति दर आगामी मे महिनासम्म ७५ प्रतिशतसम्म पुग्ने प्रक्षेपण अर्थशास्त्रीहरुले गरेका छन् ।
राष्ट्रपति रेसेप तैयप एर्दोगानका बजार मामिला अध्ययन गर्ने अर्थशास्त्रीहरुले भने आगामी चार महिनाभित्र महँगी दर उच्च विन्दुबाट तल ओर्लिन थाल्ने बताएका छन् । टर्कीमा सन् २०२२ को अक्टोबरमा मूल्यवृद्धि दर ८५ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि केही घट्न थालेको थियो । तर अहिले फेरि मूल्यवृद्धिमा चाप परेको सरकाकरी अधिकारीहरुले बताएका छन् ।
टर्कीको आधिकारिक वार्षिक मूल्यवृद्धि दर ६४ दशमलव ७७ प्रतिशत पुगेको छ । यस्तो दर नोभेम्बरमा ६१ दशमलव ९८ प्रतिशत थियो ।
अर्थशास्त्रीहरुले राष्ट्रपति एर्दोगानले सन् २०२१मा केन्द्रीय बैंकलाई उधारो लागत घटाउन निर्देशन दिएपछि मूल्यवृद्धिको श्रृंखला बढ्न थालेको जिकिर गरेका छन् । राष्ट्रपति एर्दोगानले गत वर्ष मे महिनामा पुनः चुनाव जितेपछि आफ्नो पुरानो प्रतिबद्धतालाई उल्टाउँदै अर्थतन्त्र सुधारका लागि अग्रसरता लिन टर्कीका चर्चित अर्थशास्त्री मेहमेट सिम्सेकलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए । त्यस्तैे केन्द्रीय बैंकमा गभर्नरको रुपमा हाफिज गए एर्कानलाई ल्याएका थिए । त्यसपछि केन्द्रीय बैंकले ब्याजदरलाई ४२ दशमलव पाँच प्रतिशतबाट आठ दशमलवम पाँच प्रतिशतमा झारेका थिए । जसको असर फेरि मूल्यवृद्धिमा परेको विश्लेषण गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया