पाकिस्तानमा आतंकवादी हमलामा तीन प्रहरीको मृत्य
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा बुधबार बिहान प्रहरीलाई लक्षित गरी गरिएको आक्रमणमा तीन प्रहरीसहित कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
कोहाटको सिन्धु राजमार्गस्थित सुरक्षा जाँच केन्द्रमा अज्ञात समूहले स्वचालित बन्दुकसहित आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगी घाइते सुरक्षाकर्मीलाई नजिकैको अस्पतालमा लगेका थिए ।
पाकिस्तानी सेना तथा सुरक्षाकर्मीले सम्बन्धित क्षेत्रमा उच्च सुरक्षाका साथ आक्रमणकारीहरूको खोजी सुरु गरेको छ । आक्रमणमा संलग्न व्यक्तिहरू नजिकैको पहाडी क्षेत्रमा भाग्न सफल भएको प्रहरीले जनाएको छ । हालसम्म आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया