Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलालसागरमा हुथी विद्रोहीको आक्रमण रोकिएन

लालसागरमा हुथी विद्रोहीको आक्रमण रोकिएन


वासिङटन डिसी । संयुक्त राज्य अमेरिका र बेलायती नौसैनिक सेनाले मंगलबार दक्षिणी लालसागरतर्फ यमनमा आधारित हुथीहरुले प्रहार गरेको २१ ड्रोन र मिसाइलहरु खसालिदिएका छन् । हुथी अक्रमण जारी रहेपछि अमेरिका र बेलायतले अन्तर्राष्ट्रिय सिपिङ लेनहरुको सुरक्षाका लागि थप उपायहरु अवलम्बन गर्ने संकेत गरेका छन् ।

दक्षिणी लालसागर सामान ढुवानीका लागि सबैभन्दा ठूलो ट्रान्जिट क्षेत्र हो । गाजामा इजरायल र हमासबीचको तीन महिना लामो युद्ध मध्यपूर्वका अन्य भागहरूमा फैलिएको बेलामा बेलायती रक्षा सचिव ग्रान्ट शाप्सले विद्रोहीहरूले यस क्षेत्रमा गरेको यो सबैभन्दा ठूलो हमला भएको बताएका छन् । उनले यो आक्रमण जारी रहन दिन नहुने बताएका छन् ।

अमेरिकी सेन्ट्रल कमान्डले नोभेम्बर १९ यता हुथी समूहले लालसागरमा व्यापारिक ढुवानी लेनहरुमा २६औँ पटक आक्रमण गरेको तर अहिलेसम्म कुनै क्षति नभएको बताएको छ ।

हुथी सेनाका प्रवक्ता याह्या सारीले इरानी समर्थित लडाकूहरुले इजरायललाई समर्थन गर्ने अमेरिकी जहाजमा ठूलो संख्यामा ब्यालिस्टिक र नौसेना मिसाइल र ड्रोनहरु प्रहार गरको बताएका छन् । अमेरिका र बेलायतले लालसागरमा जहाजलाई हुथी आक्रमणबाट जोगाउन नौ सैनिक सेना तैनाथ गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया