चीनमा बेरोजगारी दर पाँच दशमलव दुई प्रतिशत
बेइजिङ । सन् २०२३ मा चीनमा सहरी बेरोजगारी दर पाँच दशमलव दुई प्रतिशत देखिएको छ । जुन सन् २०२२ को तुलनामा शून्य दशमलव चार प्रतिशतले कम हो ।
राष्ट्रिय तथ्यांक विभाग (एनबीएस)ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा रोजगारीको अवस्था केही घटेको उल्लेख छ । प्रतिवेदनमा चीनका ३१ प्रमुख शहरमा पाँच प्रतिशतभन्दा कम बेरोजगारी दर रहेको उल्लेख छ ।
सन् २०२३मा चीनको ग्रामीण आप्रवासी कामदारहरुको कुल संख्या २९ करोड ७५ लाख ३० हजार पुगेको छ । यो संख्या सन् २०२२को तुलनामा १९ लाख १० हजारले बढी हो । एनबीएसका अनुसार आप्रवासी कामदारको औसत मासिक आय एक वर्षपहिलेको तुलनामा तीन दशमलव छ प्रतिशतले बढेर चार हजार सात सय ८० युआन (झण्डै ६ सय ७२ अमेरिकी डलर) पुगेको छ ।
विद्यार्थीबाहेक १६ देखि २४ वर्ष उमेर समूहको बेरोजगारी दर १४ दशमलव नौ प्रतिशत, २५ देखि २९ वर्ष उमेर समूहको छ दशमलव एक प्रतिशत र ३० देखि ५९ वर्ष उमेर समूहको बेरोजगारी दर तीन दशमलव नौ प्रतिशत छ ।
गत वर्ष १६ देखि २४ वर्ष उमेर समूहका ६० प्रतिशतभन्दा बढी विद्यार्थी सहरी क्षेत्रका बासिन्दा थिए । नयाँ थपिएका २५ देखि २९ वर्ष उमेर समूहका लागि बेरोजगारीको तथ्यांकले स्नातकपछिका वर्षहरूमा युवाहरूका लागि रोजगारीको वातावरणलाई संकेत गरेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया