जापानी यान चन्द्रमामा सफल अवतरण
टोकियो । जापानको ‘स्लिम’ यान शनिबार चन्द्रमामा अवतरण भएको छ । जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेन्ट (स्लिम)’ चन्द्रमामा अवतरण भएको पुष्टि भएको जनाएको छ ।
जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा चन्द्रमामा अवतरण गरेको हो । सफल अवतरणपछि यानले सञ्चार सम्पर्क स्थापित गरेको जाक्साले जनाएको छ । यानले चन्द्रमाको तस्बीर खिच्ने, चट्टान संकलन गर्ने र अनुसन्धानका अन्य गतिविधिहरु गरिरहेको बताइएको छ । तर यानको सोलार ब्याट्री रिचार्ज हुन नसकेपछि धेरै समय काम गर्न नसक्ने भएको छ ।
जाक्साका अधिकारीहरुले सोलार स्टिमबाट ब्याट्रि रिचार्ज नभएपछि ब्याकअप ब्याट्रिको सहायतामा केही समयमात्रै यानले काम गर्न सक्कने बताएका छन् ।
‘स्लिम’ यानको सफल अवतरणपछि जापान चन्द्रमामा पुग्ने पाँचौँ मुलुक बनेको छ । यसअघि अमेरिका, सोभियतसंघ, चीन र भारतले चन्द्रमामा आफ्नो यान सफलतापूर्वक अवतरण गरिसकेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया