म्यान्मारसँगको सीमामा तारबार लगाउँदै भारत
नयाँदिल्ली । भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई रद्द गर्दै म्यान्मारसँगको आफ्नो विशाल र खुला सीमामा तारबार लगाउने योजना बनाएको भारतीय सञ्चारमाध्यमले आइतबार बताएका छन् । विद्रोही आक्रमणबाट भागेर म्यान्मारका सयौँ सैनिक भारतमा प्रवेश गरेपछि गृहमन्त्री अमित शाहबाट यस्तो घोषणा आएको हो ।
गृहमत्री शाहले शनिबार उत्तरपूर्वी राज्य आसामको भ्रमणका क्रममा सरकारले पूरै खुला भारत–म्यान्मार सीमामा तारबार लगाउने निर्णय गरेको बताएका हुन् ।
भारत र म्यान्मारबिच दुर्गम जंगलदेखि लिएर हिउँले ढाकिएको हिमालयका चुचुरासम्म एक हजार दुई सय किलोमिटरभन्दा धेरै सीमा फैलिएको छ । कुनै बेला सीमा वा तारबारको निर्माण कसरी गरिनेछ भन्नेबारे कुनै जानकारी नदिएको गृहमन्त्री शाहले सरकारले स्वतन्त्र आवागमन सम्झौतालाई अन्त्य गर्ने बताए ।
सम्झौताले सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूलाई भिसाबिना एक–अर्काको क्षेत्रमा थोरै दूरीसम्म जाने अनुमति दिन्छ । सीमावर्ती क्षेत्रमा कयौँ मानिसबीच घनिष्ठ सांस्कृतिक तथा धार्मिक सम्बन्धसमेत छ ।
टाइम्स अफ इन्डियाले पोस्ट गरेको एक भिडियोअनुसार शाहले यो सुविधालाई अन्त्य गर्न लागेको बताएका छन् । सन् २०२१ को सरकारी आँकडाअनुसार भारतले यसअघि नै पाकिस्तानसँगको आफ्नो सीमाको दुई हजार किलोमिटरभन्दा धेरै र बंगलादेशसँगको कम्तीमा तीन हजार एक सय किलोमिटरमा तारबार लगाइसकेको छ ।
नोभेम्बरमा अराकान आर्मी (एए) लडाकूहरूले सुरक्षा बलहरूमाथि आक्रमण गरेपछि भारतीय सीमानजिकै म्यान्मारका केही भागमा लगातार झडपहरू भएका छन् । यसबाट सन् २०२१ को सैन्य विद्रोहपछि ठूलो मात्रामा युद्धविराम समाप्त भएको छ ।
अक्टोबरमा एए विद्रोही र अन्य जातीय अल्पसंख्यक लडाकूसहितको एउटा गठबन्धनले उत्तरी म्यान्मारमा संयुक्त आक्रमण गरेर चिनियाँ सीमामा महत्वपूर्ण व्यापार केन्द्रहरूमाथि कब्जा गरेको थियो । यसै महिनाको प्रारम्भमा उक्त गठबन्धनले चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको छ तर यो भारतीय सीमा नजिकका क्षेत्रहरूमा लागू भएको छैन । त्यहाँ लडाइँ जारी नै छ । रासस
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया