Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वव्यापी उत्पादनमा चीन अगाडि

विश्वव्यापी उत्पादनमा चीन अगाडि


बेइजिङ । चीनले १४ वर्षदेखि लगातार विश्वव्यापी उत्पादन क्षेत्रमा अग्रणी भूमिका खेलेको दाबी गरेको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले विगत १४ वर्षदेखि विश्वको उत्पानको शीर्ष स्थान कायम गर्न सफल भएको जनाएको हो ।

मन्त्रालयले चीनको औद्योगिक उत्पादन सन् २०२३मा चार दशमलव छ प्रतिशतले बढेको उल्लेख गरेको छ । यो वृद्धि सन् २०२२ को तुलनामा एक प्रतिशत बिन्दुले बढेको छ । चीनले लाभदायक उद्योगहरुलाई बलियो बनाउन र तीन नयाँ उत्पादनहरु नयाँ उर्जा सवारीसाधन, लिथियम–आयन ब्याट्री र फोटोभोल्टिक उत्पादनहरुमा बढी जोड दिएको जनाएको छ ।

सन् २०२३मा चीनको दूरसञ्चार व्यवसायको वार्षिक राजस्व छ दशमलव दुई प्रतिशतले बढेको र सफ्टवेयर उद्योगको संख्या र दक्षता दुवै बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सेवा क्षमताको स्तरवृद्धि भएको र कम्प्युटिङ पावरको स्केल विश्वमा दोस्रो स्थानमा पुगेको दाबी गरेको छ ।

यस्तै, सन् २०२४मा चीनको औद्योगिक अर्थतन्त्रका लागि आन्तरिक र बाह्य वातावरण अझै पनि चुनौतीपूर्ण र जटिल रहेको मन्त्रालयले जनाएको छ । तर, औद्योगिक प्रणाली, विशाल बजार आकार र परिपक्व सूचना पूर्वाधारका कारण देशको औद्योगिक अर्थतन्त्रको दीर्घकालीन प्रवृतिमा कुनै परिवर्तन नआउने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया