सन् २०२३ मा इजराइलको वैदेशिक व्यापारमा संकुचन
इजराइल । इजराइलको केन्द्रीय तथ्याङ्क ब्युरो (सीबीएस)ले सन् २०२२ को तुलनामा सन् २०२३ मा मुलुकको विदेशी व्यापारको रिपोर्ट दिएको छ ।
सन् २०२३ मा इजराइलबाट सामानको निर्यात (हीराबाहेक) सबैभन्दा बढी हुने देशहरूमा मोरक्को, इजिप्ट, हङ्गेरी, रोमानिया, उरुग्वे, लिथुआनिया, हङकङ र पोल्यान्ड थिए । यसको विपरीत इजराइलबाट निर्यातमा सबैभन्दा धेरै कमी भएका मुलुकहरूमा मलेसिया, अल्बानिया, ताइवान, फ्रान्स, टर्किए, क्यानाडा र संयुक्त अधिराज्य थिए ।
इजराइलमा सामानको आयात (हीराबाहेक)मा सबैभन्दा धेरै कमी आएका मुलुकहरूमा पाराग्वे, नर्वे, रुसी संघ, उरुग्वे र ब्राजिल थिए । यसको विपरीत सबैभन्दा आयातमा धेरै वृद्धि भएका मुलुकमा नामिबिया, जाम्बिया, दक्षिण अफ्रिका, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स थिए ।
इजराइलको सबैभन्दा ठूलो व्यापार बचत (हीराबाहेक) भएका मुलुकहरूमा अमेरिका, आयरल्यान्ड, ब्राजिल, भारत, स्लोभेनिया र साइप्रस थिए । त्यस्तै इजराइलको सबैभन्दा धेरै व्यापार घाटा (हीराबाहेक) भएका मुलुकहरूमा चीन, स्विट्जरल्यान्ड, जर्मनी, टर्किए र इटाली थिए ।
इजराइलमा सन् २०२३ मा वस्तुहरूको निर्यात कूल दुई खर्ब ३४ अर्ब ८० करोड सेकेल (६५ अर्ब अमेरिकी डलर) थियो । यो सन् २०२२ को तुलनामा आठ अर्ब ९० करोड सेकेल (तीन अर्ब ५० करोड अमेरिकी डलर अर्थात् तीन दशमलव सात प्रतिशत)ले कम हो ।
त्यस्तै वस्तुहरूको आयात कुल तीन खर्ब ३७ अर्ब ७० करोड सेकेल (९२ अर्ब अमेरिकी डलर) भएको छ । यो सन् २०२२ को तुलनामा २४ अर्ब सेकेल (छ अर्ब ५० करोड अमेरिकी डलर अर्थात् छ दशमलव छ प्रतिशत)ले कम हो ।
समग्रमा वस्तुहरूको कुल व्यापारघाटा एक खर्ब दुई अर्ब ९० करोड सेकेल (२८ अर्ब अमेरिकी डलर) भएको छ । यो सन् २०२२ को तुलनामा १२ दशमलव आठ प्रतिशतले कम हो ।
इजराइलको युरोपेली मुलुकहरूतर्फ वस्तुहरूको निर्यात नौ दशमलव सात प्रतिशतले घटेको छ भने युरोपेली युनियन (ईयू) बाट वस्तुहरूको आयातमा १२ दशमलव आठ प्रतिशतले कमी आएको छ ।
अक्टोबरमा सुरु भएको गाजा युद्धले उत्पादन र कृषि दुवैमा स्थानीय उत्पादनलाई प्रतिकूल असर गरेको र युद्धले आयातित सामानहरूको मागलाई पनि घटाएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया