चीनमा पान्डाको संख्या एक हजार नौ सयको हाराहारीमा
बेइजिङ । चीनमा पान्डाको संख्या एक हजार नौ सयको हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले बिहीबार जनाएको छ ।
सन् १९८० को दशकमा एक हजार एक सय पान्डा रहेकोमा अहिले एक हजार नौ सयको हाराहारीमा रहेको चिनियाँ प्रशासनले जनाएको छ ।
जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जका कर्मचारी झाङ युले भनने, ‘पान्डाको यो उल्लेखनीय वृद्धिको मुख्य कारण चीनको तीव्र सुरक्षा प्रयास हो ।’
पान्डा संरक्षणका लागि अक्टोबर २०२१ मा जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो । ‘निकुञ्जले २२ हजार वर्ग किलोमिटरभन्दा बढीको क्षेत्र ओगटेको छ र यसले करिब ७२ प्रतिशत जङ्गली विशाल पान्डालाई महत्वपूर्ण सुरक्षा प्रदान गर्दछ’, झाङले भने । सन् २०१२ देखि अहिलेसम्म विशाल पान्डाको वासस्थानको संरक्षित क्षेत्र १३ लाख ९० हजार हेक्टरबाट बढेर २५ लाख ८० हजार हेक्टर पुगेको छ, जसले जङ्गली पान्डाको जनसङ्ख्याको सुरक्षा र दिगो विकासलाई प्रभावकारीरूपमा कायम राखेको प्रशासनको तथ्यांकले देखाएको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया