चीनको औद्योगिक नाफा बढ्यो
बेइजिङ । चीनका प्रमुख औद्योगिक फर्महरूले आफ्नो नाफा बढाएका छन् । आधिकारिक तथ्यांकमा सन् २०२३को डिसेम्बरसम्म लगातार पाँचौँ महिना औद्योगिक फर्महरूले नाफा बढाएको देखिएको छ ।
राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार गत डिसेम्बरमा वार्षिक मुख्य व्यापार राजस्व दुई करोड युआन (दुई दशमलव आठ मिलियन अमेरिकी डलर) भन्दा बढी भएका प्रमुख औद्योगिक फर्महरूको नाफा १६ दशमलव आठ प्रतिशतले बढेको छ । उद्योगहरुले यस वर्षका लागि सात दशमलव ६९ ट्रिलियन युआन नाफा पुगेको बताएका छन् ।
बिजुली, हिटिङ, ग्यास र पानी उत्पादन र आपूर्ति क्षेत्रका उद्योगहरूको नाफामा राम्रो सुधार भएको देखिन्छ । यी उद्योगहरूको संयुक्त नाफा ५४ दशमलव सात प्रतिशतले बढेको देखिएको छ । यो वृद्धिले देशको समग्र आर्थिक वृद्धिमा तीन दशमलव एक प्रतिशत विन्दु योगदान गरेको छ ।
यस्तै उपकरण उत्पादन क्षेत्रको नाफा चार दशमलव एक प्रतिशतले बढेको छ । जुन सन २०२२ को वृद्धिदरको तुलनामा दुई दशमलव चार प्रतिशत विन्दुले बढी हो । ब्युरोले अनुगमन गरेका ४१ औद्योगिक वर्षमध्ये २७ वटाले नाफा बढाएको उल्लेख गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया