Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनितिशकुमार नवौं पटक बिहारको मुख्यमन्त्री

नितिशकुमार नवौं पटक बिहारको मुख्यमन्त्री


पटना । जनता दल युनाइटेड (जदयू)का अध्यक्ष नितिशकुमार नवौँ पटक बिहार राज्यको मुख्यमन्त्री बनेका छन् । नितिश कुमारले आइतबार बिहान राज्यपाल राजेन्द्र आर्लेकरलाई मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । राजीनामापछि उनले आफ्नो पार्टी महागठबन्धनबाट अलग भएको बताएका थिए ।

नितिशले आइतबार नै भारतीय जनता पार्टी (भाजपा) लगायतका एनडीए घटकका दलहरूको समर्थनमा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस आई र कम्युनिस्ट दलसँगको महागठबन्धन छाडेर भाजपासँगको गठबन्धनका लागेका हुन् । उनी कहिले नेसनल डेमोक्रेटिक अलाएन्स (एनडीए) त कहिले महागठबन्धनको पल्लामा जाने गरेका छन् । यही कारण पदको लोभी भएको भन्दै नितिश कुमारको चर्को आलोचना भइरहेको छ ।

भारतमा यसैवर्ष आमचुनाव हुँदै छ । नितिशको यो कदमलाई चुनावअघिको चलखेलका रूपमा लिइएको छ । नितिश सत्ताका लागि जता पनि ढल्कने र जोसँग पनि मिल्ने अवसरवादी नेताको आरोप लाग्ने गरेका छन् । यसपटक गठबन्धन परिवर्तन गरेर नितिशले त्यसलाई पुष्टि गरेका छन् ।

नितिशकुमार पछिल्लो दुई दशकदेखि बिहारको राजनीतिको केन्द्रमा छन् । नितिश सन् २०००मा पहिलो पटक बिहारको मुख्यमन्त्री बनेका थिए । त्यसपछि सन् २००५, सन् २०१०, सन् २०१५, सन् २०१७, सन् २०२० र सन् २०२२मा मुख्यमन्त्री बनेका थिए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया