पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १४ वर्ष जेल सजाय
इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचार अभियोगमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको छ । खानसँगै उनकी पत्नी बुशरा बीबीलाई पनि जेल सजाय सुनाइएको छ ।
राज्यको गोप्य सूचना चुहावट गरेको मुद्दामा १० वर्ष जेल सजाय सुनाइएको एक दिनपछि भ्रष्टाचार अभियोगमा खानलाई १४ वर्ष जेल सजाय सुनाइएको हो । राष्ट्रिय निर्वाचनको एक साता अघि पूर्वप्रधानमन्त्री खान र उनकी पत्नीलाई १० वर्षसम्म कुनैपनि सार्वजनिक पद धारण गर्न अयोग्य घोषित गरिएको छ । उनलाई ७८ करोड ७० लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकिएको छ ।
आगामी बिहीबार पाकिस्तानमा राष्ट्रिय निर्वाचन हुँदै छ । करिब १२ करोड ७० लाख मतदाताले मतदान गर्दैछन् । चुनावको एक साता अघि खानलाई जेल सजाय सुनाइएपछि खान र उनको दल तेहरीक–ए–इन्साफ (पीटीआई) बहसको केन्द्रमा छ ।
सन् २०२२मा सत्ताच्युत भएयता खानलाई पाकिस्तानका सैन्य योजनाकारविरुद्ध अवहेलनाको अभियान चलाई पुनः सत्तामा फर्कन नदिन अदालती मुद्दा लगाइएको थियो । गत वर्ष मे महिनामा खानलाई पक्राउ गर्दा देशभर दङ्गा भड्किएको थियो । सडक आन्दोलनलाई सैन्य दमनद्वारा निष्क्रिय पारिएको थियो भने हजारौं पीटीआई समर्थकहरु हिरासतमा लिइएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया