भारतमा चार सय ४९ खर्बको अन्तरिम बजेट
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्याकालको अन्तिम बजेट सार्वजनिक भएको छ । केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार अन्तरिम बजेट प्रस्तुत गरेकी हुन् । वित्तमन्त्री सीतारमणले भारतीय संसदमा चार सय ४९ खर्ब भारतीय रुपैयाँ बराबरको अन्तरिम बजेट प्रस्तुत गरेकी हुन् । सन् २०२४ मा भारतमा आम निर्वाचन हुँदैछ । भारतमा चुनावी वर्षमा अन्तरिम बजेट प्रस्तुत हुने गर्छ । वित्तमन्त्री सितारमणले पछिल्लो १० वर्षमा भारतको अर्थतन्त्रले ठूलो फड्को मारेको बताएकी छिन् ।
सरकारले बजेट प्रस्तुत गरिरहँदा भारतीय सेयर बजारमा उतारचढाव देखिएको थियो । प्रमुख बेन्चमार्क परिसूचक उतारचढावपछि घटेर बन्द भएको छ । बिएसई सेन्सेक्स एक सय छ दशमलव ८१ अंकले घटेर ७१ हजार छ सय ४५ विन्दुमा र निफ्टी फिप्टी २८ दशमलव २५ अंकले घटेर २१ हजार छ सय ९७ विन्दुमा कायम भएको छ ।
वित्तमन्त्री सितारमणले नेपाललाई दिने अनुदान पनि बढाएकी छन् । भारतले आर्थिक वर्ष २०२४/२५मा नेपाललाई छ अर्ब ५० करोड भारु दिने भएको छ । यसअघि भारतले आर्थिक वर्ष २०२३/२४मा नेपाललाई पाँच अर्ब ५० करोड भारु छुट्याएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया