Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचाइना मर्चेन्ट्स बैंकका पूर्वप्रमुख तियानलाई निलम्बित मृत्युदण्डको सजाय

चाइना मर्चेन्ट्स बैंकका पूर्वप्रमुख तियानलाई निलम्बित मृत्युदण्डको सजाय


बेइजिङ । वित्तीय क्षेत्रमा भ्रष्टाचार गरेको अभियोगमा चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष तियान ह्युईलाई निलम्बित मृत्युदण्डको सजाय सुनाइएको छ । तियान राज्यसमर्थित चिनियाँ बैंको प्रमुख रहँदा घुस लिएको आरोप लागेको थियो ।

सोमबार चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष तियानलाई दुई वर्षको राहतसँगै मृत्युदण्डको सजाय सुनाइएको सरकारी सञ्चार माध्यम सिसिटिभीले उल्लेख गरेको छ । दुई वर्षपछि मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ ।

तियानलाई ‘घुस स्वीकार गरेको’ अभियोगमा दोषी पाइएको छ । उनलाई दशकौँसम्म ‘राज्यको स्वामित्वमा रहेको कम्पनीका कर्मचारीहरूको शक्तिको दुरुपयोग गरेको, अज्ञात जानकारीको व्यापार गरेको, भित्री व्यापार गरेको र आन्तरिक जानकारी चुहाएको’ दोषी पाइएको छ ।

भ्रष्टाचारविरोधी अभियान अन्तर्गत सरकार प्रमुख फाइनान्सहरुमा केन्द्रित भएपछि तियान सन् २०२२ अप्रिलमा अनुसन्धानको दायरामा आएका थिए । सोही वर्ष डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्ष झोउ किङ्युलाई पनि घुस लिएको आशंकामा पक्राउ गरिएको थियो ।

जनवरीमा राज्यको स्वामित्वमा रहेको चिनियाँ बैंकिङ एभरब्राइट ग्रुपका पूर्वअध्यक्षलाई भ्रष्टाचार र घुस लिएको आशंकामा पक्राउ गरिएको थियो । यसका अतिरिक्त गत महिना चाइना डेभलपमेन्ट बैंकका पूर्वशीर्ष कार्यकारी हे जिङजियाङलाई घुस लिएको आरोपमा २० वर्षको कारगार सजाय सुनाइएको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया