रूसको वैदेशिक व्यापारमा गिरावट
मस्को । रुसको वैदेशिक व्यापारमा गिरावट आएको छ । रुसको संघीय भन्सार सेवा कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा निर्यात घटेको छ भने आयात बढेको छ ।
देशको कुल निर्यात २८ दशमलव तीन प्रतिशतले घटेर चार खर्ब २५ अर्ब डलरमा झरेको छ भने आयात ११ दशमलव सात प्रतिशतले बढेर दुई खर्ब ८५ अर्ब डलर पुगेको छ । युरोपेली मुलुकहरुसँगको निर्यात व्यापारमा रुसलाई नराम्रो धक्का लागेको छ । रुसबाट युरोपेली देशहरूमा निर्यात ६८ प्रतिशतले घटेर करिब ८५ अर्ब डलरमा झरेको छ भने आयात १२ दशमलव तीन प्रतिशतले घटेर साढे ७८ अर्ब डलरमा झरेको छ ।
एसियाली देशहरुमा भने रुसको व्यापार बढेको छ । एसियाली देशहरूमा रुसले निर्यात पाँच दशमलव छ प्रतिशत बढाएर तीन खर्ब छ अर्ब डलर पु¥याएको छ । यस्तै एसियाली देशहरुबाट आयात २९ दशमलव दुई प्रतिशतले बढेर एक खर्ब ८७ अर्ब डलर पुगेको भन्सार सेवा कार्यालयले उल्लेख गरेको छ । एसियासँगै अफ्रिकी देशहरूसँगको व्यापार पनि बढेको छ । अफ्रिकी मुलुकहरुसँग रुसको निर्यात ४२ दशमलव नौ प्रतिशत र आयात आठ दशमलव छ प्रतिशतले बढेको छ । वैदेशिक व्यापार बचत वार्षिक ५८ दशमलव पाँच प्रतिशतले घटेर एक खर्ब ४० अर्ब अमेरिकी डलरमा झरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया