टिकटकमाथि छानविन गर्दै युरोपियन युनियन
ब्रसेल्स । युरोपियन युनियन (इयू)ले टिकटकमाथि छानविन गर्ने भएको छ । इयूका एक अधिकारीले सोमबार टिककटकले बालबालिकाको सुरक्षा र पारदर्शी विज्ञापन सुनिश्चित गर्ने उद्देश्यले अनलाइन समाग्री नियमहरु उल्लंघन गरेको छ कि छैन भनेर छानविन गर्ने बताएका छन् ।
इयू उद्योग प्रमुख थियरी ब्रेटनले छोटो भिडियो एपको जोखिम मूल्यांकन प्रतिवेदन र विभिन्न प्रश्नको जवाफको विश्लेषण गरेर यो निर्णय गरिएको बताएका छन् । ब्रेटनले सामाजिक सञ्जाल एक्समा भनेका छन पारदर्शिताको संदिग्ध उल्लंघन र बालबालिकाहरुलाई जोगाउन विभिन्न प्रमाण र गोपनीयताका विषयमा अनुसन्धान सुरु गरिने छ ।
युरोपेली संघको डिजिटल सेवा ऐेन (डीएसए), फेब्रअरी १७ देखि सबै अनलाइन प्लेटफर्महरुमा लागू भएको छ । विशेषगरी धेरै ठूला अनलाइन प्लेटफर्महरु र खोज इन्जिनहरुलाई अवैध अनलाइन सामग्री र सार्वजनिक सुरक्षामा हुने जोखिमहरुलाई सम्बोधन गर्र्न थप कार्य गर्न आवश्यक रहेको इयूले बताएको छ ।
टिकटकका मालिक, चीनमा आधारित बाइटडान्स, टिकटकले डीएसए नियमहरु उल्लंघन गरेकोमा दोषी पाइएमा यसको विश्वव्यापी कारोबारको छ प्रतिशतसम्म जरिवाना लाग्न सक्छ ।
टिकटकले आफ्नो प्लेटफर्ममा युवालाई सुरक्षित राख्न विशेषज्ञहरु र उद्योगसँग काम गििररहने र युरोपेली आयोगलाई विस्तृत व्याख्या गर्न तयार रहेको बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया