एप्पलको इलेक्ट्रिक कार योजना बन्द
बेइजिङ । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो दशक लामो विद्युतीय सवारीसाधनसम्बन्धी परियोजना बन्द गरेको छ । सार्वजनिक रुपमा स्वीकार नगरेको सो परियोजनामा करिब दुई हजार कर्मचारी संलग्न रहेका थिए । यीमध्ये अधिकांश कर्मचारीलाई एप्पलको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शाखामा सार्ने स्रोतले जनाएको छ ।
एप्पलले अर्बौँ डलर खर्च गरेर स्टेरिङ र पेडलविनाको पूर्णस्वचालित हुने गाडीको विकासका लागि काम गरिरहेको चर्चा थियो । तर, यस्तो किसिमको सवारीसाधन निर्माण हुन अझै धेरै वर्ष लाग्ने अनुमान गरिएको थियो । अध्ययन अनुसन्धान गर्ने कम्पनी काउन्टरपोइन्टका अनुसार एआईयुक्त उपभोक्ता इलेक्ट्रोनिक्सको बजार तीव्र विस्तार भइरहेको बेला एप्पलले यस्तो निर्णय लिएको छ ।
एप्पलको यो परियोजना बन्द भएको खबरपछि टेस्लाका मालिक इलोन मस्कले एक्समा सलाम र चुरोटको इमोजी राखेर प्रतिक्रिया जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया