मंगोलियामा ३० लाख गाईबस्तुको मृत्यु
मंगोलिया । मंगोलियामा खराब मौसमका कारण ३० लाखभन्दा बढी गाईबस्तुको मृत्यु भएको छ । राष्ट्रिय विपत् आयोग (एसईसी)का अनुसार अत्यधिक चिसो मौसमका कारण ३० लाख ८९ हजार चार सय २० गाईबस्तुको ज्यान गएको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा जमिन हिउँले ढाकिएको कारण अधिक चिसो भएको र ठूलो संख्यामा गाईबस्तुहरू मरेको उल्लेख छ ।
मंगोलियामा यसवर्ष विगतका वर्षहरूमा भन्दा जाडो बढेको थियो । विगतमा भन्दा धेरै हिउँ परेका कारण जाडो बढेको मौसम अनुगमन एजेन्सीले उल्लेख गरेको छ । मंगोलियाको ८० प्रतिशतभन्दा बढी भू–भागमा अहिले पनि एक सय सेन्टिमिटरभन्दा बढी बाक्लो हिउँ परेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार मंगोलियामा सन् २०२३ को अन्त्यमा पशुधनको संख्या छ करोड ४७ लाख थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया