बेलायत र ईयुबीच ब्रेक्जिटबारे चौथो चरणको वार्ता सुरु
ब्रसेल्स, जेठ २१
बेलायत र युरोपेली संघ (ईयू)ले मंगलबारदेखि बेलायतको ईयूबाट बहिर्गमनका विषयमा चौथो चरणको वार्ता सुरू गरेका छन् । लण्डन र ब्रसेल्सका वार्ताकारहरूले भिडियोमार्फत गरिने उक्त वार्तालाई यस हप्ता गहन पार्ने बताइएको छ । गत मे र अप्रिलमा भएको तेस्रो चरणको वार्ताले कुनै तार्किक निष्कर्षमा पुग्नसकेको थिएन । वार्ता निष्कर्षमा नपुग्नुलाई लण्डन र ब्रसेल्स दुवै पक्षले एक आपसमा दोषारोपण गरेका थिए ।
बेलायती टापुको तटमा माछा मार्ने अधिकारको भविष्यमाथि दुवै पक्षका सयौँ वार्ताकारहरू सहभागी भई आफ्ना धारणा राख्ने विषय नै यस चरणको वार्ताको प्रमुख विषय हुने युरोपेली सञ्चारमाध्यमहरूले जनाएका छन् । चौथो चरणको यो वार्तामा माछा मार्न पाउने अधिकारबारे हुने चार अलग–अलग सत्रमा छलफल हुनेछ भने शुक्रबार छलफलको समीक्षा गर्दै समाप्त हुनेछ ।
लण्डनबाट प्रकाशित हुने द गार्जियन पत्रिकाले आफ्नो मंगलबारको अंकमा उक्त टापूमा माछा मार्ने बिषयले बेलायतको अर्थतन्त्रको ०.१२ प्रतिशत योगदान गर्ने भन्दै यो बिषय ब्रेक्जिट छलफलमा पेचिलो विषय बन्नसक्ने बताएको छ । बेलायतले सन् २०२० को जनवरी ३१ मा ईयूको सदस्यता अन्त्य गरेको थियो । यद्यपि ब्रसेल्सको नियम अनुसार डिसेम्बर ३१ सम्म संक्रमणकालीन नियमहरूको पालना गरिरहनेछ ।
बेलायती प्रधानमनत्री बोरिस जोनसनले बेलायतले यो वर्षको अन्त्यपछि संक्रमणकालको अवधिलाई विस्तार गर्न नचाहेको र विवादित विषयलाई त्यस अगावै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । बेलायती प्रधानमन्त्री जोनसनले ईयू नेताहरूसँगको उच्चस्तरीय बैठक गर्नु पहिले यो वार्ता हुन लागेको हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया