युरोपेली युनियनले एप्पललाई लगायो करिब दुई अर्ब जरिबाना
बेलायत । युरोपेली युनियन (ईयू)ले अमेरिकी कम्पनी एप्पललाई एक अर्ब ९५ करोड अमेरिकी डलर जरिबाना गरेको छ । ईयूले ‘एन्टिट्रस्ट’ मुद्दामा सो जरिबाना लगाएको हो ।
एप्पलले युरोपमा स्पोटिफाइ र अन्य संगीत स्ट्रिमिङ प्लेटर्फमहरुलाई एक स्टोरबाहिरको भुक्तानी विकल्पबारे प्रयोगकर्तालाई जानकारी गर्न रोक लगाएको पाइएपछि ईयूले जरिबाना लगाएको हो । एप्पलले युरोपमा अनुचित एकाधिकार जमाउने कोसिस गरेको ईयूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आईओएस एप स्टोरबाट डाउनलोड गरिएका एपहरुमार्फत भुक्तानी गर्दा ३० प्रतिशत शुल्क बच्नेछ । युरोपेली आयोगले स्विडिस संगीत स्ट्रिमिङ सेवा स्पोटिफाइले सन् २०१९मा दिएको उजुरीका आधारमा सो जरिबाना लगाएकोे बताएको छ ।
युरोपेली युनियनको प्रतिस्पर्धा प्रवर्तन गर्ने निकायले एप्पलको प्रतिबन्धले अनुचित व्यापारिक अवस्था उत्पन्न गरेको बताएको छ । लाखौँ युरोपेली उपभोक्ताहरुले संगीत स्ट्रिमिङ सदस्यताहरु कहाँ, कसरी र कुन मूल्यमा खरिद गर्ने भनेर स्वतन्त्र छनौट गर्न नसकेको इयुका प्रतिस्पर्धा आयुक्त मार्गरेट वेस्टेजरले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा भनेका छन् ।
एप्पलको यो व्यवहारले युुरोपका लाखौँ मानिसहरुले संगीत स्ट्रिमिङ सेवाको लागि प्रत्येक महिना दुई, तीन युरो बढी तिर्नुपरेको थियो । ईयूको जरिबानापछि सोमबार एप्पलको सेयर भाउमा दुई दशमलव ५४ प्रतिशत गिरावट आएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया