Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदुई अमेरिकी अर्बपतिबीच वाक् युद्ध

दुई अमेरिकी अर्बपतिबीच वाक् युद्ध


अमेरिका, जेठ २५
कोरोनाभाइरससम्बन्धी पुस्तक प्रकाशनलाई लिएर दुई अमेरिकी अर्बपतिबीच वाक्युद्ध भएको छ । अर्बपति एलन मस्कले प्रविधि कम्पनी अमेजनको आलोचना गरेका हुन् । अमेजन अर्का अर्बपति जेफ बेजोसको कम्पनी हो । अमेजनले कोरोना महामारीसम्बन्धी पुस्तक अस्वीकार गरेपछि मस्कले आलोचना गरेका हुन् ।

उनले अमेजनको निर्णयलाई लिएर ट्विटरमा बेजोसलाई मेन्सन गर्दै ‘पागलपन’को संज्ञा दिँदै अमेजनलाई छोड्न आह्वान गरे । अमेजनले भने आफ्नो साइटमा उक्त पुस्तक गल्तीवश हटेको र पुनः राखिने स्पष्टीकरण दिएको छ । पुस्तकका लेखक एलेक्स बेरिनसनले भने अमेजनले उनलाई पुस्तकले अमेजनको गाइडलाइन पूरा नगरेको सूचना दिएको जनाएका छन् ।

उनले भनेका छन्, ‘उनीहरुले मेरो पुस्तकमा अंकुश लगाए, यो पूर्णतया सरकारी तथ्यांक र वैज्ञानिक शोधअनुसार प्रकाशन गरिएको हो । यसले कोरोनाभाइरस वास्तविक हैन र मानिसहरुलाई मार्दैन भन्ने कुरा गर्दैन ।’ मस्कले यसअघि लकडाउन गराउने निर्णयलाई फासीवादको संज्ञा दिएका थिए । यसविरुद्ध आफ्नो क्यालिफोर्नियामा रहेको फ्याक्ट्री नै अन्तै सार्नेसम्मको चेतावनी दिएका थिए ।

मस्क र बेजोस दुवै अन्तरिक्ष यात्रालाई सर्वपहुँच बनाउने महत्वाकांक्षामा प्रतिस्पर्धी हुन् । मस्कको कम्पनी स्पेस एक्स सन् २००२ मा स्थापना भएको थियो । त्यसको दुई वर्षअघि बेजोसले रकेटसम्बन्धी कम्पनी ब्लु ओरिजिन सुरु गरेका थिए । गत वर्ष बेजोसले मस्कको मंगल ग्रहमा उपनिवेश बनाउने महत्वाकांक्षा पालेको भन्दै आलोचना गरेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x