चीनको औद्योगिक उत्पादन बढ्यो
बेइजिङ । चीनको औद्योगिक उत्पादन पाँच महिनापछि पहिलो पटक बढेको छ । चिनियाँ तथ्याङ्क ब्युरो (एनबीएस)ले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार औद्योगिक उत्पादन बढाउने प्रयासमा सकारात्मक संकेत देखापरेको छ ।
चिनियाँ कलकारखानाको उत्पादनको समीक्षा गर्ने पीएमआई सूचकाङ्क मार्च महिनामा ५० दशमलव आठ विन्दुमा कायम छ । फेब्रुअरीमा यो सूचक ४९ दशमलव एक विन्दुमा थियो । पीएमआई सूचकाङ्क ५० विन्दुभन्दा माथि हुनुले औद्योगिक उत्पादनमा वृद्धि भएको सङ्केत गर्छ । गतवर्ष सेप्टेम्बर महिनामा चिनियाँ औद्योगिक उत्पादन सूचकाङ्क पीएआई ५० विन्दुभन्दा माथि थियो ।
कोभिड–१९ पछि विश्वभरको बजारमा माग कमजोर थियो । यही कारण चिनियाँ वस्तुको उपभोग घट्दा चीनमा उत्पादन प्रभावित भएको थियो । चिनियाँ अधिकारीहरुले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न उपायहरु घोषणा गरेका थिए । फलस्वरुप उद्योगको उत्पादन बढेको छ ।
चीनको गैरऔद्योगिक उत्पादनको पीएमआई सूचाङ्क पनि मार्चमा सुधार भएर ५३ विन्दुमा पुगेको छ । फेब्रुअरी महिनामा यस्तो पीएमआई ५१ दशमलव चार विन्दुमा थियो । गतवर्ष चीनको औद्योगिक वृद्धिमा तीव्र निराशाजनक अवस्था थियो । दशककै सबैभन्दा कमजोर अवस्थामा अर्थतन्त्रको वृद्धि भएपछि बेइजिङले श्रृङ्खलाबद्ध आर्थिक राहत प्याकेज घोषणा गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया