Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारन्युयोर्कमा निषेधाज्ञा हट्यो जनजीवन सहज बन्दै

न्युयोर्कमा निषेधाज्ञा हट्यो जनजीवन सहज बन्दै


न्युयोर्क, जेठ २७
न्यूयोर्कका मेयर बिल डी ब्लासियोले न्युयोर्क सहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गरेका छन् । मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शनका कारण न्युयोर्क सहरमा एक सातासम्म निषेधाज्ञा लगाइएको थियो । अराजक र उग्र भिडले न्युयोर्कमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो ।

मेयर ब्लासियोले ट्वीटरमार्फत निषेधाज्ञा हटाइएको घोषणा गरेका थिए । न्युयोर्क सहरको ७५ वर्षको इतिहासमा पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो । कोरोनाभाइरस महामारीका कारण झण्डै दुई महिना लकडाउन गरिएको न्युयोर्क सहरमा आर्थिक गतिविधिलाई पुनर्जीवित तुल्याउन यही सोमबारदेखि पहिलो चरणको खुला गर्ने तयारी गरिएको छ ।

अमेरिकाकै सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्कमा २१ हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसका कारण ज्यान गएको थियो । अधिकारीहरुका अनुसार पहिलो चरणमा निर्माण र उत्पादनका कार्यहरु पुनः खुला हुनेछन् । खुद्रा पसलहरुमा मानिसको भीडभाड नहुने शर्तमा खुला गर्न दिइनेछ । न्युयोर्कमा परिस्थिति नाजूक भएपछि मेयर ब्लासिओले गत जुन २ देखि निषेधाज्ञा जारी गर्नु भएको थियो । तर धेरै प्रदर्शनकारीले निषेधाज्ञा तोडेका थिए । (रासस–एपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x