सिंगापुरमा अनलाइन ठगी दोब्बर बढ्यो
सिंगापुर । सिंगापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई–कमर्स’बाट गरिने खरिद् बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्धि भएको ‘ई–कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्यांकन प्रतिवेदनले देखाएको छ ।
प्रशासनका अनुसार करिब ५० प्रतिशत ई–कमर्ससम्बन्धी ठगी फेसबुक र अन्य सामाजिक सञ्जालको माध्यमबाट हुनेगरेको छ । सन् २०२२ मा अनलाइन छलीका घटनाहरूमा एक हजार एक सय ३८ रहेकोमा सन् २०२३ मा यो संख्या चार हजार पाँच सय ५० मा पुगेको उल्लेख गरिएको छ ।
मूल्यांकन प्रयोगकर्ता प्रामाणिकता, लेनदेन सुरक्षा, हानि समाधानका स्रोत र अनलाइन किनमेलका लागि बनाइएका वेबसाइटहरू गरी चार तहमा आधार भएर गरिएको हो ।
मूल्यांकन प्रतिवेदनमा फेसबुकलाई सबैभन्दा कम अंक दिएको छ भने अमेजन, लाजादा, शोपीलगायतका अनलाइन किनमेलका लागि प्रसिद्ध वेबसाइटलाई पूर्ण अंक दिइएको छ ।
गृह राज्यमन्त्री सन जुएलिङले संसदमा गरेको सम्वोधनमा सामाजिक सञ्जाल मेटालाई फेसबुकमा छलीविरुद्ध सुरक्षा उपायहरू अंगीकार गर्न अस्वीकार गरेकोमा आलोचना गरेका छन् । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया