अमेरिकी डलर ठगी मुद्दामा मृत्युदण्ड
काठमाडौं । रियल स्टेट व्यवसायी ट्रुओङ माई ल्यानलाई बिहीबार भियतनामको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अदालतले १२ अर्ब ५० करोड अमेरिकी डलरको वित्तीय धोकाधडीको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो ।
सन २०१२ र २०२२ को बीचमा ६७ वर्षीया ल्यानले गैरकानुनीरूपमा साइगोन ज्वाइन्ट स्टक कमर्सियल बैंकको व्यवस्थापन गर्दा हजारौँ फर्जी फर्महरूमार्फत रकम लुटेको र सरकारी अधिकारीहरूलाई घुस खुवाएको प्रमाणित भएको हो ।
अभियोजकहरूले उनको एक हजारभन्दा धेरै सम्पत्ति जफत गरेको दाबी गर्दै सन्दिग्ध सम्पत्तिको विनियोजन राशि सन् २०२२ मा भियतनामको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब तीन प्रतिशतबराबर रहेको बताएका छन् ।
ल्यानले आफूमाथि लगाइएको आरोपहरूको खण्डन गरेकी थिइन् र आरोप आफू मातहतलाई लगाएकी थिइन् । अल जजिराका अनुसार उनले गतसाता अदालतमा आफ्नो अन्तिम बयानमा आत्महत्याको विचार आएको कुरा स्वीकार गरेकी थिइन् ।
सरकारी सञ्चारमाध्यमका अनुसार उनले भनिन्, ‘मेरो निराशामा मैले मृत्युको बारेमा सोचेँ, मलाई थोरै ज्ञान भएको अत्यन्त प्रतिस्पर्धी उद्योग बैंकिङ क्षेत्रमा प्रवेश गर्ने साहस गरेकामा मलाई अत्यन्त रिस उठेको छ ।’
प्रमुख डेभलपर वान थिन्ह फाटका अध्यक्ष ल्यानलाई बिहीबार हो चि मिन्ह सिटीमा सुनुवाइको अन्त्यमा घोटाला, घुसखोरी र बैंकिङ नियमहरूको उल्लंघन गरेको दोषी पाइएको सरकारी सञ्चारमाध्यहरुले बताएका छन् ।
गतवर्ष सन् २०२२ मा ल्यानको गिरफ्तारी सन् २०१६ मा सुरु भएको भ्रष्टाचारविरोधी अभियानमा सबैभन्दा हाई–प्रोफाइल गिरफ्तारीमध्येको एक थियो । सन् २०२२ पछि उक्त अभियानले गति लिएको छ ।
कथित ब्लेजिङ फर्नेस अभियानको परिणामस्वरूप सयौँ अधिकारीहरूलाई दण्डित वा कारागार सजाय गरिएको छ । यसबाट भियतनामी राजनीतिमा उच्च तहलाई असर गरेको छ । यसमा दुई राष्ट्रपति र दुई प्रधानमन्त्रीको राजीनामा पनि समावेश छ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया