चीनको अर्थतन्त्र पाँच दशमलव तीन प्रतिशत बढ्यो
चीन । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले यस वर्षको पहिलो तीन महिना (जनवरी–मार्च)मा पाँच दशमलव तीन प्रतिशत आर्थिक वृद्धि हासिल गरेको छ । जुन अपेक्षाभन्दा द्रूत गतिमा विस्तार भएको बताइएकोे छ । किनभने विश्लेषकहरूले यो तीन महिनामा अर्थतन्त्र चार दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरेका थिए ।
अघिल्लो त्रैमासिकको तुलनामा चीनको अर्थतन्त्र एक दशमलव छ प्रतिशत विन्दुले बढेको छ । राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस)ले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चिनियाँ अर्थतन्त्रको आकार चार दशमलव १७ ट्रिलियन डलर पुगेको छ ।
चीनको अर्थतन्त्रले कोभिड–१९ महामारीबाट सुधारमा आउन सङ्घर्ष गर्नुपरेको छ । कोभिड–१९ महामारीका कारण मागमा मन्दी र रियल स्टेटमा देखिएको संकटका कारण आर्थिक विकास प्रभावित भएको थियो ।
चीनले आफ्नो निर्यात मार्चमा अघिल्लो वर्षको तुलनामा सात दशमलव पाँच प्रतिशतले घटेको र आयात पनि कमजोर भएको बताएको थियो । मुद्रास्फीतिका कारण घरजग्गा क्षेत्रमा देखिएको सङ्कटले सुस्त मागको दबाबलाई प्रतिबिम्बित गर्छ ।
पहिलो त्रैमासिकका लागि औद्योगिक उत्पादन गत वर्षको तुलनामा छ दशमलव एक प्रतिशतले माथि रहेको र खुद्रा बिक्री चार दशमलव सात प्रतिशत बढेको छ । कारखाना र उपकरणमा स्थिर लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार दशमलव पाँच प्रतिशतले बढेको छ ।
अक्सफोर्ड इकोनमिक्सका चिनियाँ अर्थशास्त्री लुइस लूका अनुसार जनवरी–मार्चमा मजबुत वृद्धिलाई ‘व्यापक उत्पादनको राम्रो प्रदर्शनले सहयोग गरेको छ भने चन्द्र नव वर्षको बिदा र नीतिहरूका कारण उत्सवमा बढेको घरेलु खर्चले लगानीलाई बढाउन सहयोग गरेको छ ।
बेइजिङले अर्थतन्त्रलाई बढाउन चाहेकाले नीति निर्माताहरूले वित्तीय र मौद्रिक नीति उपायहरूको एउटा शृङ्खला जारी गरेका छन् । चीनले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको महत्वाकांक्षी कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि लक्ष्य निर्धारण गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया