अमेरिकी वित्त घाटाले विश्व अर्थतन्त्र जोखिममा
वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिकी वित्तमा देखिएको घाटाको कारण मुद्रास्फीति बढेको र त्यसले अर्थतन्त्रमा महत्वपूर्ण जोखिम खडा गरेको भन्दै चेतावनी दिएको छ । आईएमएफले सार्वजनिक गरेको एक प्रतिवेदनमा यो चेतावनी उल्लेख छ ।
आईएमएफको बेन्चमार्क फिस्कल मनिटरले देखाएको छ कि अमेरिकाको वित्त घाटा आगामी वर्ष जीडीपीको सात दशमलव एक प्रतिशत पुग्नेछ । जबकि अन्य उन्नत अर्थव्यवस्थाहरूको लागि यसको औसत स्तर दुई प्रतिशत मात्रै छ ।
अमेरिकामा ठूलो खर्चले विश्वव्यापी अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने र अन्य अर्थतन्त्रमा जोखिम निम्त्याउन सक्ने जोखिम छ । आईएमएफले अमेरिकालाई खर्च र राजस्वबीचको गम्भीर असन्तुलनलाई सम्बोधन गर्न आग्रह गरेको छ । युरोजोनजस्ता उन्नत अर्थतन्त्र भएका मुलुकहरूले वित्तीय घाटा नियन्त्रणमा राखेका थिए । तर अमेरिकाले सन् २०२२को स्तरभन्दा दोब्बर बढी जीडीपीको आठ दशमलव आठ प्रतिशत घाटाको वित्तीय स्लाइड अनुभव गरेको थियो ।
आईएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चसले अमेरिकी बजेट अडानले विश्वको अर्थतन्त्रमा दीर्घकालीन वित्तीय स्थिरता जोखिम सिर्जना गरेको बताएका छन् । तर आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले गत साता बिहीबार अमेरिकी उच्च ब्याजदरका कारण डलर बलियो भएको बताएकी थिइन् ।
आईएमएफले भनेको छ कि यदि अमेरिकी ब्याजदर अझ तीव्ररूपमा बढ्यो भने विश्वव्यापी सरकारी ऋणको भार बढ्ने छ भने उदयीमान विकासशील अर्थतन्त्रमा मुद्रा उतार–चढावको स्थिति हुनेछ । ब्याजदरको असर फैलिँदै जाँदा सानो अर्थतन्त्र भएका देशहरूले सामना गर्नुपर्ने जोखिम बढाउन सक्छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया