बंगलादेशमा गर्मीका कारण विद्यालय बन्द
ढाका । गर्मीका कारण बंगलादेशको एक अदालतले सोमबारदेखि देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि सरकारले गर्मीका कारण अप्रिल २१ गतेदेखि एक हप्ताका लागि देशव्यापी रुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर, सोमबारदेखि विद्यालयमा नियमित उपस्थित भई कक्षा सञ्चालन गर्न सरकारले आग्रह गरेपछि अदालतले विद्यालय फेरि बन्द राख्न आदेश दिएको हो ।
जलवायु परिवर्तनका कारण तातो हावा चल्दा बंगलादेशमा शिक्षक, कर्मचारी र विद्यार्थीहरु बिरामी परिरहेका छन् । केहीको मृत्यु भएको खबर आएको छ ।
राजधानी ढाकाको औसत तापक्रम नै ३० वर्षको औसतभन्दा ४÷५ डिग्री सेल्सियसमाथि पुगेको छ । उच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले गर्मीका कारण सबै प्राथमिक र माध्यमिक विद्यालय र मदरसाहरु बन्द गर्ने आदेश जारी गरेको हो । वकिलहरुले गर्मीका कारण केही शिक्षकहरुको मृत्यु भएको बताएपछि अदालतले विद्यालय बन्द राख्न आदेश गरेको उपमहान्यायाधिवक्ता शेख सैफुज्जमानले जानकारी दिएका छन् । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश गरेको हो ।
बंगलादेशको मौसम विभागले बिहीबारसम्म तापक्रम नघट्ने जनाएको छ । मौसमविद् मोहम्मद अबुल कलाम मल्लिकले सन् १९४८ तापक्रम रेकड गर्न सुरु गरिएकोे र त्यसयता बंगलादेशमा यति ठूलो गर्मी नदेखिएको बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया