एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र साढे चार प्रतिशत बढ्ने
सिंगापुर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मंगलबार सिंगापुरमा आयोजना गरेको आफ्नो ‘क्षेत्रीय आर्थिक दृष्टिकोण एसिया र प्रशान्त’ कार्यक्रममा एसिया प्रशान्त क्षेत्रको वृद्धि सन् २०२३ मा पाँच प्रतिशतको तुलनामा यस वर्ष चार दशमलव पाँच प्रतिशत रहने जनाएको छ ।
एसिया–प्रशान्त विश्वको सबैभन्दा गतिशील क्षेत्र रहने अपेक्षा गरिएको छ । यो क्षेत्रले सन् २०२४ मा विश्वव्यापी वृद्धिको लगभग ६० प्रतिशत योगदान पु¥याउने प्रतिवेदनमा उल्लेख छ ।
धेरैजसो आसियान देशहरूमा लचिलो घरेलु उपभोगदेखि प्रशान्त टापु देशहरूमा पर्यटनमा तीव्र वृद्धिसम्म यस क्षेत्रले विविध वृद्धि चालकहरूलाई अँगालेको आईएमएफले बताएको छ ।
निकट–अवधि जोखिमहरू अहिले व्यापकरूपमा सन्तुलित छन् । मुद्रास्फीतिमा कमी र पहिलेको मौद्रिक सहजताको सम्भावनाले नरम अवतरणको सम्भावना बढेको आईएमएफले उल्लेख गरेको छ ।
युरोप र संयुक्त राज्य अमेरिकामा अपेक्षितभन्दा बलियो वृद्धिले एसियाका निर्यातकर्ताहरूमा वृद्धि ल्याउने छ तर बढ्दो भू–आर्थिक विभाजन र भू–राजनीतिक तनावले यस क्षेत्रको मध्यम–अवधिको वृद्धिमा गम्भीर नकारात्मक असरहरू उत्पन्न भइरहेको छ ।
आईएमएफले केन्द्रीय बैंकहरूले लक्ष्यमा मुद्रास्फीति सहजरूपमा फर्किने कुरा सुनिश्चित गर्नुपर्ने र नीति निर्माताहरूले फेडरल रिजर्भले अनुमानित ब्याजदर चालहरूमा अत्यधिक निर्भर निर्णयहरू गर्नबाट जोगिनुपर्ने सुझाव दिएको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया