‘लकडाउनले ११ युरोपेली मुलुकमा ३० लाख मानिसको ज्यान बच्यो’
ब्रसेल्स, जेठ २९
युरोपका विभिन्न ११ वटा देशमा कोभिड १९ विरुद्धको महामारीबाट ठूलो संख्याका नागरिकको ज्यान बचाएको एक अध्ययनले देखाएको छ । ती देशले गत मार्चको २ देखि २९ तारिखसम्म विद्यालय, पार्कलगायत मानिसहरु जम्मा हुने सबै स्थानमा प्रतिबन्ध लगाउनुका साथै देशव्यापी रुपमा लकडाउन गरेका थिए । त्यसले धेरै नागरिकको ज्यान बचाएको भन्दै लकडाउनले ती देशका कम्तीमा पनि ३० लाख मानिस मर्नबाट बचाएको यो अध्ययनमा देखाएको हो । यदि युरोपेली देशहरुले कोभिडको महामारी नियन्त्रण गर्नका लागि लकडाउन साथै विना औषधीका विभिन्न नियन्त्रणात्मक विधिहरु नअपनाएको भए लाखौँ नागरिकको ज्यान जान सक्ने सो अनुसन्धानले बताएको छ । युरोपका इटाली, स्पेन र बेलायतमा कोभिड १९ को महामारीबाट सबैभन्दा ठूलो क्षति पुगेको समाचारहरुमा जनाइएको छ । (रासस/एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया