अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
अमेरिका । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ तीन दिन यता लगातार घटेको छ । तीन कारोबार दिनमा ब्रेन्ट आयल प्रतिब्यारेल पाँच अमेरिकी डलरले घटेको छ । अप्रिल २६ मा प्रतिब्यारेल ८९ दशमलव पाँच डलरमा कारोबार भएको ब्रेन्ट आयल बुधबार साँझसम्म ८४ दशमलव पाँच डलरमा झरेको छ । जुन गत मार्च १४ यताकै न्यून मूल्य हो ।
मध्यपूर्वमा युद्धविराम सम्झौताको आशा र शीर्ष उपभोक्ता अमेरिकामा कच्चा तेलको भण्डारण र उत्पादन दुवै बढेपछि भाउमा गिरावट आएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा हमलालाई अगाडि बढाउने बाचा गरे पनि इजिप्टको नेतृत्वमा इजरायल र हमासबीच युद्धविराम सम्झौता हुने अपेक्षा बढेको छ । युद्धविरामको लागि बजारले पर्खिरहेको थियो ।
यसबाहेक अमेरिकी मुद्रास्फीतिले ब्याजदर कटौतीको अपेक्षालाई थप घटाएकाले पनि कच्चा तेलको मूल्यमा गिरावट आएको विश्लेषण गरिएको छ । मुद्रास्फीति बढ्दा अमेरिकी फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने सम्भावना कम छ । ब्याजदर कटौतीले आर्थिक वृद्धि र इन्धनको मागलाई बढाउँछ तर त्यसो हुने सम्भावना कम आकलन गरिएको छ ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको मंगलबार र बुधबारको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गर्ने अनुमान गरिएको छ । यही कारण कच्चा तेलको भाउमा कमी आएको हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया