बेलायतमा चिनियाँ प्रविधि कम्पनी हुवावेद्वारा प्रचार तीव्र
लन्डन, जेठ ३०
बेलायत सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेका उपकरण प्रयोग गर्ने बारेमा सकारात्मक संकेत देखाएलगत्तै हुवावेले कम्पनीका सामग्रीको विज्ञापनलाई तीव्र बनाएको छ । अमेरिकी ट्रम्प प्रशासनले हुवावेमाथि चौतर्फी घेराबन्दी गरेका कारण पश्चिमी मुलुकमा हुवावेका सामग्री बिक्रीमा कठिनाई उत्पन्न भइरहेको समयमा बेलायतको पछिल्लो संकेतले हुवावे उत्साहित भएको छ । हुवावे चीनको विशाल प्रविधि कम्पनी हो । यसले तीव्र गतिको फाइब–जी दूरसंचार नेटवर्क विकास गर्नुका साथै सस्तो मूल्यमा मोबाइल सेट समेतका विद्युतीय सामग्री उत्पादन र बिक्री गर्दै आएको छ ।
हुवावेको फाइब–जी प्रविधिमार्फत चीनले देशका महत्वपूर्ण सूचनामा पहुँच कायम गर्ने र त्यसको चोरी गर्ने सम्भावना रहेको अमेरिकी आरोप छ । तर हुवावेले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहेको छ । हुवावेका कारण चीन र अमेरिकाबीच विवाद समेत भइरहेको छ । यसैबीच क्यानाडाका दुई ठूला दूरसञ्चार प्रदायक कम्पनीले हुवावेका दूरसञ्चार उपकरण खरिद नगर्ने घोषणा गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया