Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा हाल दैनिक दुई लाख कोभिड–१९ नमूना परीक्षण गर्ने क्षमता रहेको आईसीएमआरको भनाइ

भारतमा हाल दैनिक दुई लाख कोभिड–१९ नमूना परीक्षण गर्ने क्षमता रहेको आईसीएमआरको भनाइ


नयाँ दिल्ली, जेठ ३०
भारतले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को परीक्षण सेवा हाल दैनिक दुई लाख व्यक्तिलाई दिनसक्ने क्षमता रहेको भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले बिहीबार जानकारी गराएको छ । आईसीएमआरका महानिर्देशक प्राध्यापक बलराम भार्गवले भारतमा अझै समुदायमा संक्रमणको महामारी नरहेको पत्रकार सम्मेलनमा दाबी गरे । उनले भने, ‘भारतीय समुदायमा कोभिड–१९ को संक्रमण महामारीको अवस्थामा रहेको छैन । भारतमा हालको दैनिक करिब डेढ लाख संक्रमितको परीक्षण हुने गरेको र यसलाई अहिलेको संरचनामा दैनिक दुई लाख विरामीलाई परीक्षण सेवा दिन सकिन्छ । आवश्यकता अनुसार यसलाई बढाउन सकिनेछ ।’

भारतको ग्रामीण क्षेत्रको तुलनामा सहर करिब एक प्रतिशत मात्र रहेको र संक्रमण सहरी क्षेत्रमा जस्तो अवस्थामा गाउँमा नरहेको उनको दाबी छ । भारत यति ठूलो मुलुक हो, जहाँ कोरोनाभाइरसको संक्रमण निकै कम (एक प्रतिशतभन्दा कम) जनसङ्ख्या मा रहेको छ । यद्यपि राज्यले परीक्षण, सम्भावित विरामीको खोजीका साथै संक्रमणलाई समुदायमा फैलिन नदिन क्वारेन्टिन र लक्षणका आधारमा विरामीलाई परिवार र समुदायका सदस्यबाट अलग पारी नियन्त्रण प्रयासलाई निरन्तरता दिनुपर्छ । भारतमा केही दिन पहिलेसम्ममा नै ५० लाखभन्दा बढी व्यक्तिको संक्रमण परीक्षण भइसकेको महानिर्देशक भार्गवले बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x