श्रीलंकाको संसदीय निर्वाचनको मिति फेरि तीन महिना पछि सारियो
कोलम्बो, जेठ ३०
श्रीलंकाको संसदीय निर्वाचनको मिति फेरि तीन महिना पछि सारिएको निर्वाचन आयोगले बिहीबार जानकारी गराएको छ । सरकारले कोरोनाभाइरसको महामारीको कारण यही जुन २० मा गर्ने भनिएको निर्वाचनलाई आगामी अगस्ट ५ मा गर्ने घोषणा गरिएको हो ।
कोरोनाभाइरसको संक्रमण फैलिएकाले निर्वाचनलाई पछाडी सार्नु परेको आयोगका अधिकारीहरुको भनाइ छ । कोरोनाको प्रभावको अवस्थाका आधारमा अहिले निर्धारण गरिएको निर्वाचन पनि हुने वा नहुने भन्ने बिषयमा राजनीतिक नेतृत्वबीचमा दृढविश्वास भने देखिएको छैन ।
कोरोनाबाट जोगिँदै निर्वाचन सम्पन्न गर्ने बारेमा यसै हप्ताको अन्त्यतिर नमूना निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । आयोगका अनुसार सामाजिक दुरी कायम गर्दै मतदान, मतगणनालगायतका कार्यहरु गर्नेगरी तयारी भइरहेको हो । आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले निर्वाचनको तयारीका बारेमा बिहीबार विभिन्न सञ्चार माध्यमलाई जानकारी दिए ।
उनले यसअघि जारी गरिएको सूचनालाई संशोधन गर्दै नयाँ सूचना जारी गरिएको पनि बताए । संशोधित सूचनामा लेखिएको छ, ‘संसदीय निर्वाचनका लागि यही सन् २०२० को अगस्ट ५ मा मतदान गर्ने निर्णय गरिएको जानकारी गराइन्छ ।’
श्रीलंकाका राष्ट्रपति गोतावाय राजापाक्षेले गत वर्षको मार्च २ तारिखका दिन संसद विघटन गरेका थिए । त्यसपछि उनले गत अप्रिल २५ तारिखका लागि निर्वाचनको मिति पनि घोषणा गरेका थिए । अप्रिलका लागि तय भएको निर्वाचन सारेर यही जुन २० का लागि तोकिएको थियो । तर सारिएको मितिमा पनि निर्वाचन गर्न नसकिने भएपछि फेरि अर्को मिति तय गरिएको बताइएको छ ।
श्रीलंकामा अहिले कोरोनाभाइरसका कारण कम्तीमा ११ जनाको मृत्यु भएको र दुई हजारभन्दा बढी संक्रमित भएकाले निर्वाचन गर्न सकिने अवस्था नरहेको सरकारी अधिकारीहरुको भनाइ छ । श्रीलंकामा अहिले पनि रातिको समयका लागि पनि निषेधाज्ञा आदेश जारी गर्दै बन्दाबन्दीलाई कडाइसाथ लागू गरिएको छ । विद्यालयहरु अर्को महिनामा मात्रै पूनः सञ्चालनमा ल्याउने प्रयास भएको र देशमा आउन चाहने विदेशी पर्यटकहरुलाई अगस्त १ सम्म भ्रमण अनुमति नदिइने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया