उत्पादनमा त्रुटिभएपछि कोरियाली कम्पनीका आठ हजार गाडी फिर्ता
सोल । दक्षिण कोरियाका चार स्थानीय र विदेशी कार निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब सात हजार सात सय सवारी साधन स्वेच्छाले फिर्ता बोलाउने भएको यातायात मन्त्रालयले जनाएको छ ।
भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हुन्डाई मोटरले एभान्टे सेडानसहित पाँचवटा विभिन्न मोडलका चार हजार एक सय १८ एकाइ फिर्ता बोलाउनेछ । यसमा निकास ग्यास रिसर्कुलेसन (ईआरजी) भल्भ पावर युनिटमा त्रुटि देखिएको छ । उक्त त्रुटिका कारण गाडी चलाउँदा इन्जिन रोकिन सक्छ ।
किया कर्पोरेसनले के–३ सेडानसहित तीनवटा मोडेलका दुई हजार छ सय ५८ एकाइ हुन्डाई गाडीहरूजस्तै उत्पादनमा त्रुटिको लागि फिर्ता गर्नेछ । जगुआर ल्यान्ड रोभर कोरियाले नयाँ रेन्ज रोभर स्पोर्ट पी–३६० जस्ता दुई मोडलका तीन सय २९ एकाइमा रियर लाइट इलुमिनेसन डिभाइसको कमजोर फिक्सेसनको मर्मत गर्नेछ ।
भक्सवागन समूह कोरियाले टोवारेग ३ ३.० टीडीआईको छ सय २३ एकाइमा सुधारात्मक कारबाही गर्नेछ । यो मोबाइल अनुप्रयोगहरूमा सफ्टवेयर त्रुटिका कारण रिमोट स्वचालित पार्किङको समयमा खराबी हुन सक्छ । सवारीसाधन मालिकहरूले मर्मत र सेवा केन्द्रहरूमा गएर दोषपूर्ण पार्टपुर्जाहरू निःशुल्क बदल्न सक्छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया