म्यान्मारद्वारा एक वर्षमा पाँच लाख टन हरियो चना निर्यात
म्यानमार । म्यान्मारले आर्थिक वर्ष २०२३/२४ मा पाँच लाख तीन हजार नौ सय ७० टन हरियो चना निर्यात गरेको छ । चना निर्यातबाट ३३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी कमाएको म्यान्मारको वाणिज्य मन्त्रालयले बुधबार जारी गरेको तथ्यांकमा उल्लेख छ ।
गतवर्ष अप्रिल १ देखि सुरु भई यही मार्च ३१ मा सकिएको आर्थिक वर्षमा म्यान्मारले चार लाख ४६ हजार सात सय ८१ टन हरियो चना समुद्री मार्गबाट ढुवानी गरेको छ ।
म्यान्मार दाल, सिमी, मकै र तिलको बीउ व्यापारी संघका म्यान्मारमा अक्टोबरमा सुरु हुने जाडो मौसम र अगस्टमा सुरु हुने वर्षाको मौसममा गरी दुई मौसममा हरियो चनाको उब्जनी गरिन्छ ।
म्यान्माले चीन, भारत, इन्डोनेसिया, मलेसियालगायत देशमा हरियो चना निर्यात गरेको संघले जनाएको छ । आर्थिक वर्षमा म्यान्मारले १७ लाख ६० हजार टन सिमी र दालको निर्यातबाट एक अर्ब ४८ करोड अमेरिकी डलर कमाएको वाणिज्य मन्त्रालयको तथ्यांकले देखाएको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया