पाकिस्तानमा कोरोनाबाट २५ सय बढीको मृत्यु
इस्लामावाद, जेठ ३२
भ्रष्टाचार आरोपमा थुनामा रहँदै आएका पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ संक्रमण भएको छ । पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व प्रधानमन्त्री गिलानीलाई संक्रमण भएको सूचना उनकै छोरा कासिम गिलानीले ट्विटमार्फत सार्वजनिक गरेका छन् । पाकिस्तानी पूर्वप्रधानमन्त्रीका छोरा कासिमले देशको उच्च पदस्थ पदको जिम्मेवाारीसमेत सम्हालेका आफ्ना पिता जेलमा रहँदा संक्रमणको खतरा रहेको भन्दै धरौटीमा रिहा गरिदिन केही समय पहिले वर्तमान सरकारसँग अनुरोध गरेका थिए । पूर्व प्रधानमन्त्री गिलानीका छोरा कासिमले आफ्ना पिता कोभिड–१९ बाट संक्रमित भएपछि ट्वीटमा प्रधानमन्त्री इमरान खान र राष्ट्रिय उत्तरदायित्व विभागको आलोचना गर्नुभएको डनले समाचारमा उल्लेख गरेको छ ।
पाकिस्तानमा संक्रमित व्यक्तिको संख्या शनिबारसम्म एक लाख ३४ हजार ६ सय ६७ पुगेको छ भने दुई हजार ५ सय ७४ कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । डनका अनुसार युसुफलाई राष्ट्रिय उत्तरदायित्व विभागमा मुद्दामाथि सुनुवाईका लागि बिहीबार उपस्थित गराइएको थियो । उक्त समय पूर्वप्रधानमन्त्रीले कैयौँ वकीलहरूमा संक्रमण रहेको भन्दै न्यायधीशलाई मुद्दाको सुनुवाइका लागि आफू प्रत्यक्ष हाजिर नहुने गरी व्यवस्था गरिदिन आग्रह गरेको डनले लेखेको छ । पाकिस्तानमा पछिल्ला केही हप्तायता कयौँ उच्चपदस्थ राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, नर्स तथा खेलाडीहरू समेतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया