विद्युत् आपूर्ति सुधार्न भारतलाई एडीबीको ऋण सहयोग
नयादिल्ली । एसियाली विकास बैंक (एडीबी)ले विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख अमेरिकी डलर ऋण दिनेभएको छ । एडीबीले भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा दिन र विद्युत् आपूर्तिको लचिलोपन बढाउन बिहीबार सो ऋण स्वीकृत गरेको हो ।
एडीबीले २६ वटा विद्युत् सबस्टेसनलाई अप्रेड गर्न र सात सय ७० किलोमिटर जलवायु–लचिलो कन्डक्टर स्थापना गर्नका लागि सो रकम ऋण प्रदान गरेको हो । यस परियोजनाबाट सिक्किमको विद्युत् वितरण प्रणालीलाई उन्नत र आधुनिकीकरण गर्ने विश्वास गरिएको छ ।
परियोजनाबाट नवीकरणीय ऊर्जा प्रणाली स्थापना गरेर र व्यावसायिक सीप सुधार गरेर कम्तीमा एक हजार एक सय महिलाको जीविकोपार्जन बढाउने एडीबीले जनाएको छ ।
परियोजनाले विशेषगरी जाडो महिनामा ग्रामीण स्वास्थ्य सेवा सुविधाहरूको क्षमता बढाउन २४ वटा प्राथमिक स्वास्थ्य सेवा उपकेन्द्रमा सौर्य ऊर्जा प्रणाली र ऊर्जा–कुशल विद्युतीय उपकरणहरू पनि तैनाथ गर्ने एडीबीले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया