अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
वासिङ्टन डिसी । अमेरिकी आयात मूल्य बढेका कारण घरेलु मुद्रास्फीति दर केही समयको लागि माथि रहने संकेत देखिएको छ । ऊर्जा उत्पादन र अन्य सामानहरुको लागि बढ्दो लागतको बीचमा अप्रिलमा आयात लागत दुई वर्षयता सबैभन्दा बढी बढेको छ ।
अप्रिलमा आयात मूल्य शून्य दशमलव नौ प्रतिशत बढेको छ । श्रम तथ्यांक ब्युरोले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२२ पछि सबैभन्दा बढी आयात मूल्य बढेको छ । अर्थशास्त्रीहरुले अप्रिलमा आयात मूल्यहरु शून्य दशमलव चार प्रतिशतले बढ्ने अनुमान गरेका थिए ।
आयातित इन्धनको मूल्य अप्रिलमा दुई दशमलव चार प्रतिशत बढेको छ । यस्तै आयातित खाद्यान्नको मूल्य अप्रिलमा एक दशमलव सात प्रतिशत बढेको छ । इन्धन र खाद्यान्नबाहेकक आयात मूल्यहरु शून्य दशमलव छ प्रतिशत बढेको छ । आयातित पुँजीगत वस्तुको मूल्य शून्य दशमलव एक प्रतिशतले बढेको छ । गाडी, पार्टपुर्जा र इन्जिनको मूल्य शून्य दशमलव तीन प्रतिशतले बढेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया