चीनले ऋणको ब्याजदर घटायो
बेइजिङ । चीनको केन्द्रीय बैंक व्यक्तिगत आवास सञ्चय कोषको ऋणको ब्याजदरमा शून्य दशमलव २५ प्रतिशत अंकले कटौती गर्ने घोषणा गरेको छ । मे १८ देखि लागू हुनेगरी पिपुल्स बैंक अफ चाइनाले पाँच वर्षभित्र परिपक्व हुने पहिलो–घर कर्जाको ब्याजदर दुई दशमलव ३५ प्रतिशत र पाँच वर्षभन्दा माथिको ब्याजदर दुई दशमलव ८५ प्रतिशत कायम गरेको छ ।
दोस्रो–घर खरिदका लागि पाँच वर्षभित्र परिपक्व हुने ऋणको ब्याजदर दुई दशमलव ७७५ प्रतिशतभन्दा कम हुने छैन भने पाँच वर्षभन्दा बढीको ब्याजदर तीन दशमलव ३२५ प्रतिशतभन्दा कम हुनेछैन ।
चीनमा घरजग्गा बजारले मानिसहरुको तत्काल चासो र चीनको समग्र आर्थिक र सामाजिक विकासलाई समावेश गर्दछ । केन्द्रीय बैंकले ब्याजदर घटाउँदा सम्पत्तिको मागलाई बढवा दिने र पहिलो र दोस्रो पटक घर खरिद गर्नेहरुको विश्वासलाई ठूलो मात्रामा बढाउन सक्ने विश्वास गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया