चीनको औद्योगिक नाफा चार दशमलव तीन प्रतिशत बढ्यो
बेइजिङ । चीनको प्रमुख औद्योगिक कम्पनीहरुको नाफा गत जनवरीदेखि अप्रिलसम्म चार दशमलव तीन प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार कम्तीमा २० मिलियन युआन (२.८१ अमेरिकी डलर)को वार्षिक व्यापार राजस्व भएका औद्योगिक फर्महरुले यस वर्षको पहिलो चार महिनामा दुई दशमलव शून्य नौ ट्रिलियन युआन नाफा कमाएका छन् । अप्रिलमा प्रमुख औद्योगिक फर्महरुको नाफा मार्चमा साढे तीन प्रतिशतको वार्षिक गिरावटबाट चार प्रतिशतले बढेको छ ।
राष्ट्रिय तथ्यांक ब्युरोका तथ्यांकविद् यु वेनिङले बजारको माग सुध्रिँदै गएपछि औद्योगिक उत्पादनमा वृद्धि भइरहेको, कारखानाको उत्पादन मूल्य घट्दै गइरहेको र उत्पादन र बिक्रीबीचको समन्वयमा सुधार भएको बताएका छन् । यसले राजस्वमा समेत सुधार आइरहेको छ ।
अप्रिलमा औद्योगिक उद्यमहरुको सञ्चालन आम्दानी वार्षिकरुपमा तीन दशमलव तीन प्रतिशतले बढेको छ । मार्चमा एक दशमलव दुई प्रतिशतले घटेको थियो ।
यस वर्ष गतवर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतभन्दा बढी उद्योगले नाफामा सकारात्मक वृद्धि भएको महसुस गरेका छन् ।
जनवरीदेखि अप्रिलसम्म उपकरण उत्पादन उद्योगको नाफा १६ दशमलव तीन प्रतिशतले बढेको छ । जुन औद्योगिक क्षेत्रको सबैभन्दा धेरै नाफा हो । विशेष गरी इलेक्ट्रोनिक्स उत्पादनको माग र उत्पादनको द्रुट वृद्धिले नाफामा उच्च वृद्धि भएको हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
- अवैध लागुऔषध सहित पाँच जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया