Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा लोकसभाको मतदान सकियो

भारतमा लोकसभाको मतदान सकियो


नयाँदिल्ली । भारतमा लोकसभा चुनावको अन्तिम चरणको मतदान सकिएको छ । शनिबार (जुन १)का दिन सात राज्य र केन्द्र शासित प्रदेश चण्डीगढमा बेलुका छ बजेसम्म मतदान भएको थियो ।

शनिबार मतदान भएका मध्ये सबैभन्दा बढी पश्चिम बंगालमा ६९ दशमलव ८९ प्रतिशत, बिहारमा ४८ दशमलव ८६ प्रतिशत, चण्डीगढमा ६२ दशमलव ८० प्रतिशत, ओडिशामा ६२ दशमलव ४६ प्रतिशत, पञ्जाबमा ५५ दशमलव २० प्रतिशत, उत्तर प्रदेशमा ५४ प्रतिशत र हिमाचल प्रदेशमा ६६ दशमलव ५६ प्रतिशत मतदाताले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

लोकसभा चुनावको सातौँ तथा अन्तिम चरणको मतदानमा १० करोड छ लाखभन्दा बढी मतदाता आफ्नो मताधिकार प्रयोग गर्न योग्य थिए ।

लोकसभा चुनावको अघिल्लो छ चरणको मतदान अप्रिल १९, अप्रिल २६, मे ७, मे १३, मे २० र मे २५ मा भएको थियो । आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशमा पनि विधानसभा चुनावहरू भएका छन् । ओडिशामा पनि पछिल्लो चार चरणमा लोकसभा र विधानसभाको चुनाव एकैसाथ भएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x