टेस्लाको सेयरको भित्री कारोबार गरेको भन्दै मस्कविरुद्ध मुद्दा
टेक्सास । टेस्लाका सीईओ एलोन मस्कविरुद्ध कम्पनीको सेयरको भित्री कारोबार गरेको भन्दै अदालतमा मुद्दा परेको छ । टेस्लाका एक सेयरधनीले गत बिहीबार सीईओ मस्कविरुद्ध सन् २०२२ को अन्त्यमा टेस्लाको सात दशमलव पाँच बिलियन डलरभन्दा बढीको सेयर बेचेको आरोप लगाउँदै मुद्दा दायर गरेका हुन् ।
विद्युतीय कार टेस्लाको सम्भावित निराशाजनक उत्पादन हुनुभन्दा अघि मस्कले सो सेयर बिक्री गरेको आरोप लगाइएको छ । सेयरधनी माइकल पेरीले डेलावेयर चान्सरी अदालतमा मुधा दायर गरेका हुन् । सन् २०२३ जनवरी २ मा कम्मपनीको चौथो त्रैमासिक विवरण सार्वजनिक भएपछि टेस्लाको सेयरमूल्यमा गिरावट आएको थियो । मस्कले त्यसअघि नै करिब तीन अर्ब डलरको सेयर भित्रीरुपमा अनुचित फाइदा उठाउँदै बिक्री गरेको दाबी सेयरधनी पेरीको छ । उनले मस्कले टेस्लामा आफ्नो हैसियतको दुरुपयोग गरेको र टेस्लालाई आफ्नो विस्वासी कर्तव्यहरु उल्लंघन गरेको भन्दै अदालतसमक्ष मस्कालाई सेयर बिक्रीबाट भएको नाफा फिर्ता गर्न निर्देशन दिन माग गरेका छन् । मस्कले सन् २०२२ नोभेम्बर र डिसेम्बर महिनामा विभिन्न मितिमा सेयर बिक्री गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया