Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा थोक मूल्य सूचक साढे ४ वर्षयताकै न्यूनस्तरमा

भारतमा थोक मूल्य सूचक साढे ४ वर्षयताकै न्यूनस्तरमा


नयाँ दिल्ली, असार २
इन्धन र बिजुली क्षेत्रको मागमा उच्च कमीका कारण मे महिनामा भारतको थोक मूल्य सूचकांक (डब्ल्युपीआई)मा आधारित महंगी दर साढे चार वर्षयताकै न्यूनस्तरमा पुगेको छ । भारतीय मिडियाहरुका अनुसार उक्त सूचक ३.२१ प्रतिशतमा झरेको हो । यद्यपि खाद्यवस्तुको मूल्य भने बढेको छ । वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार डब्ल्यूपीआई सन् २०१५ को नोभेम्बरपछिकै सबैभन्दा न्यून स्तरमा पुगेको हो ।

मन्त्रालयका अनुसार मे २०२० मा यो तथ्यांकमा आधारित मुद्रास्फीति भने वर्षगत तुलनामा शून्यभन्दा पनि तल ३.२१ प्रतिशतमा झरेको छ । गत वर्षको यही महिनामा २.७९ प्रतिशत रहेको थियो ।

यद्यपि यो अवधिमा खाद्य वस्तुको मुद्रास्फीति १.१३ प्रतिशत रहेको छ । जबकि एक महिनाअघि अप्रिलमा यो समूहको मुद्रास्फीति २.५५ प्रतिशत थियो । उक्त तथ्यांकअनुसार दलहनमा थोक मुद्रास्फीति मेमा पनि दोहोरो अंकमा ११.९१ प्रतिशत थियो । जब कि एक महिना अगाडि यो १२.३१ प्रतिशत रहेको थियो । आलुको मुद्रास्फीति ५२.२५ प्रतिशत रहेको छ । एक महिनाअघि यो दर १२.४८ प्रतिशत रहेको थियो । अण्डा, मासु र माछाजस्ता प्रोटिनयुक्त वस्तुको मुद्रास्फीति मे महिनामा १.९४ प्रतिशत रहेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x