भरतीय सेयरबजारमा चार वर्ष यताकै सबैभन्दा खराब दिन
नयाँदिल्ली । लोकसभा चुनावको प्रारम्भिक नतिजा आउन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो जजीतको सपना जोखिममा परेपछि भारतीय सेयरबजार मंगलबार ओरालो लाग्यो । भारतको प्रमुख सेयरबजार सूचक ‘सेन्सेक्स’ मंगलबार पाँच दशमलव ७४ प्रतिशत अर्थात चार हजार तीन सय ८९ अंकले घटेर ७२ हजार ७९ विनदुमा कायम भएको छ । यस्तै अर्को सेयरबजार सूचक ‘निफ्टी ५०’ पनि पाँच दशमलव ९३ प्रतिशत अर्थात एक हजार तीन सय नौ अंकले घटेर २१ हजार आठ सय ८४ विन्दुमा झरेको छ ।
दुवै सूचक चार वर्ष (सन २०२० मार्च) यताकै सबैभन्दा ठूलो गिरावट हो । मंगलबार इन्ट्राडे कारोबारमा सेन्सेक छ हजार एक सय र निफ्टी दुई हजार अंकसम्मले घटेका थिए । बजारमा ठूलो गिरावट आएपछि लगानीकर्ताले ठूलो नोक्सानी ब्यहोरेका छन् । लगानीकर्ताले एक दिनमै तीन खर्ब ८६ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् ।
भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार लोक सभाको चुनावको प्रारम्भिक नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत नल्याउने संकेत गरेपछि सेयरबजारमा ठूलो बिक्रीचाप देखिएको थियो । भाजपा नेतृत्वको गठबन्धनलाई कांग्रेस नेतृत्वको गठबन्धनले ठूलो चुनौति दिइरहेको देखिएको र दुई गठबन्धनबीचको मत प्रक्षेपण गरिएअनुसार ठूलो अन्तर नदेखिँदा बजारमा उच्च गिरावट देखिएको हो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया